सरकारको काम कारबाहीप्रति शेखरको असन्तुष्टि, मागे प्रधानमन्त्री प्रचण्डको ‘रिपोर्ट कार्ड’

110
ad

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

सोमबार नेपाली कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि ब्यक्त गरेका हुन् । उनले सरकारका मन्त्रीहरुको कामको जस अपजससमेत प्रधानमन्त्रीले लिनुपर्ने बताए ।

नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डको रिपोर्ट कार्डसमेत मागेका छन् । प्रधानमन्त्री प्रचण्डको रिपोर्ट कार्ड माग्दै उनले भने, ‘हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू, तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’

प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री बनेको आगामी पुस १० गते एक वर्ष पुग्दैछ । पछिल्लो समय कांग्रेसइतर समूहका नेताहरुले प्रधानमन्त्री प्रचण्डको काम कारबाहीलाई लिएर चर्को आचोलना गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here