युवा संघले ७ गतेको कार्यक्रम तिनकुनेमा गर्ने

194
ad

४ मंसिर, काठमाडौं । नेकपा एमालेको युवा तथा विद्यार्थी संगठनले ७ मंसिरमा आयोजना गरेको प्रदर्शन कार्यक्रम काठमाडौंको तिनकुनेमा हुने भएको छ ।

एमालेको युवा संगठन राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार एक सूचना जारी गरी सरकारले माइतीघरदेखि बानेश्वरसम्म निषेधाज्ञा तोकेकाले तिनकुनेमा प्रदर्शन गर्ने जानकारी गराएका छन् ।

यसअघि युवा संघ र अनेरास्ववियुले ७ मंसिरमा युवा विद्यार्थी विशेष कार्यक्रम ७ मंसिरमा इतीघरमा आयोजना गरेको थियो । तर त्यसै दिन दुर्गा प्रसाईंले पनि माइतीघरमै प्रदर्शन आयोजना गरेकाले जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षाको कारण देखाउँदै माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here