इजरायलमा मृत्यु भएका नेपालीको शोक मनाउने

183
ad

२२ असोज, काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार सार्वजनकि बिदा नभई राष्ट्रिय झण्डा झुकाउने र शाेक मनाउने निर्णय गरेको छ ।

मंगलबार स्वदेश र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको हो।

साथै मृतकका परिवारलाई १० लाख रूपैंयाका दरले राहत उपलब्ध गराउने निर्णय पनि भएको छ।

साथै इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने पनि निर्णय भएको छ।

शव यथाशीघ्र स्वदेश ल्याउने निर्णय पनि भएको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here