नेपालको नवीकरणीय उर्जामा लगानी गर्न बेलायतसंग अर्थमन्त्री महतकाे आग्रह

118
ad

बेलायत । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय उर्जामा लगानीका लागि आग्रह गर्नुभएकाे छ । संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा भएकाे भेटवार्ताका क्रममा अर्थमन्त्री डा. महतले यस्ताे आग्रह गर्नुभएकाे हाे । उहाँले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित उर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलव्ध गराउन समेत आग्रह गर्नुभयो ।

त्यसैगरी उहाँले बेलायतको तर्फबाट जलवायु परिवर्तनको न्यूनीकरणका लागि गरिदै आएको लगानी नेपालमा थप वृद्धि गर्न अनुरोध गर्नुभयो । ट्रेजरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने बताउनुभयो ।

उहाँले ग्रीन फाइनान्स क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दैे बेलायतको निजी क्षेत्रलाई नेपालको हरित उर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने बताउनुभयो । भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नियोग उपपमुख रोशन खनालको पनि सहभागिता थियो ।

लण्डनस्थित नेपाली राजदूतावासले गर्न लागेको लगानीसम्बन्धी उच्च्स्तरीय सम्मेलनमा भाग लिन लण्डन आउनुभएका मन्त्री डा. महतले नेपाली राजदूतावासको आयोजना र डोल्मा फाउण्डेशनको सहकार्यमा सोमबार भएको नेपालको नवीकरणीय उर्जाको विकासमा दीर्घकालीन वित्तीय विकल्प विषयक अन्तरक्रियामा सहभागी हुनुभएको थियो ।

सोक्रममा मन्त्री डा. महतले नेपाल सरकारले विदेशी लगानीको सुरक्षाको प्रत्याभूति गरिने बताउँदै वैदेशिक लगानीकर्ताले लाभाशं फिर्ता लैजाने प्रक्रियालाई सरल बनाउनेतर्फ नेपाल सरकार लागेको जानकारी दिनुभयो । उहाँले लगानीको वातावरण सुधार गर्न देशको कन्ट्री क्रेटिड रेटिङ्गको प्रक्रिया सुरु भैसकेको पनि जानकारी दिनुभयो ।

डोल्मा फाउण्डेशनका टीम गोचर र जापनीज बैङ्क एमयूएफजीका क्रिस्टोफर मार्कसले कर्पोरेट ग्रीन बन्डको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

यसैगरी स्टाण्डर्स चार्टर बैङ्कका आदिल अन्सारीले सोभरियन बन्ड र नवनिर्वाचित लर्ड मेयर प्रो.माइकल मेनिलीले पोलिसी पर्फमेन्स बन्डका बारेमा धारणा राख्नुभएको थियो । राजदूत आचार्यले लगानीका लागि नेपाल उर्वरभुमि रहेकाले लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here