प्रदेश अधिवेशनमा कसैलाई भोट दिनुरनदिनु भनेको छैन : ओली

199
ad

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश अधिवेशनका क्रममा आफूले कसैलाई भोट दिन नभनेको बताउनुभएको छ । कोशी प्रदेश अधिवेशन उद्घाटन गर्न शुक्रबार विराटनगर आइपुग्नुभएका ओलीले आफूले भनेको कार्यकर्ताले मानेनन् भन्ने सन्देश दिन खोजिएको भन्दै असन्तुष्टि प्रकट गर्नुभयो ।

केही सञ्चार माध्यम र विरोधीहरुले कार्यकर्ताको नाममा आफ्नो इच्छा थोपर्न खोजेको उहाँको भनाइ थियो । “न मैले फलानालाई भोट दिनू, फलानालाई नदिनू भनेको छु, न कार्यकर्ताले नमानेको स्थिति छ”, उहाँले भन्नुभयो । आफूले सके सर्वसम्मति गर्नुस्, नसके स्वस्थ प्रतिस्पर्धा गर्नुस् मात्र भन्ने गरेको ओलीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here