अवैध रुपमा वन फँडानी गरेको आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ

74
ad

दाङ । अवैध रुपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चौरजहारी नगरपालिका-११ का वडाध्यक्ष तुल्से वली, ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी ९विजय० र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् ।

चौरजहारी नगरपालिका ११ स्थित जनकल्याण सामुदायिक वन र सर्केना सामुदायिक वन क्षेत्रको रुख अवैध ढङ्गले फँडानी गरेको आरोपमा मंगलबार वडाध्यक्ष तुल्से वलीलाई डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो ।

मनोमानी ढंगले सामुदायिक वन क्षेत्रका ३५ वटा सल्लोको रूख फँडानी गरेको भन्दै वडाध्यक्ष वलीविरुद्ध उजुरीका परेको थियो ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले अनुसार आरोपी चारै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बताए ।

पक्राउ परेका वडाध्यक्ष वली गत ०७९ वैशाखमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here