नेपाललाई निकास दिने नेपाली नै हुन्-विप्लव

197
ad

विराटनगर । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको सबै अन्तरविरोधको हल गर्न समाजवादी मोर्चा बनेको बताएका छन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देशसभामा उनले यस्तो बताएका हुन् । समाजवादी मोर्चा इतिहासको नयाँ प्रयोग भएको बताउँदै उनले स्पष्ट दृष्टिकोण लिएर आएको र यसले ९५ प्रतिशत जनताको चाहना र आकांक्षा पूरा गर्ने दाबी गरे । मोर्चालाई देशको कुनाकुना पुर्याउने उनले बताए । नेपालमा आज चलिरहेको संसदीय व्यवस्थालाई परिवर्तन गर्दै समाजवादमा जाने बताएका विप्लवले जनयुद्धले ठूलो परिवर्तन आएपनि जनताले अनुभूति गर्न नसकेको बताए ।दलाल पूँजीपतिहरूले वर्तमान व्यवस्थाको जिम्मामा जाने खतरा देखेको बताउँदै उनले त्यसलाई रोक्न आवश्यक रहेकोमा जोड दिए ।

अहिले क्रान्तिका नायकहरूलाई अपराधी जस्तो गरिरहेको परिस्थिति बन्नुमा दलाल पूँजीवादको मुख्य हात रहेको बताउँदै उनले अब नेपाली विशेषतासहितको समाजवादमा जानुपर्ने बताए । परिस्थितिले फुट र जुट गराउने गरको बताउँदै उनले फुटले रमाउने तत्वहरू रमाएपनि जनता दुःखी भएको बताए । अब सन्देश दिनुपर्छ अब कम्युनिष्टहरू देशलाई आपत परेको बेला, देशलाई निकास दिन मिल्ने र कालोसपना देख्नेहरूलाई सखाप पार्ने उनले बताए । साम्राज्यवादीहरूले देशलाई युक्रेन बनाउन खोजेको बताउँदै उनले भने, ‘नेपाललाई निकास दिन नेपाली नै हुन्, कसैले युक्रेन बनाउन नखोजे हुन्छ ।’ माधव नेपाल र उपेन्द्र यादवहरूले सरकार र सदनमा लडे आफू सडकमा लड्न तयार भएको बताउँदै महासचिव विप्लवले क्रान्तिबाट नडराउने बताए । कार्यक्रममा पूर्वमन्त्री तथा जसपा प्रदेश इन्चार्ज रकम चेम्जोङले कोशी नामाकरण जनताले नरूचाएको बताए । छिमेकी मुलुक भारतमा कुकी समुदायमाथि भएको अत्याचार नरोकिएको बताउँदै उनले नेपालमा पनि त्यही खालको दंगा फैलाउन खोजेको दाबी गरे । सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here