शनिबार काठमाडौंका दर्जनौ स्थानमा लोडसडिङ हुने

161
ad

काठमाडौं । शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत जाने भएको छ । लप्सीफेदी, चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न ५० भन्दा बढी क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो ।

प्राधिकरणले सूचना जारी गर्दै स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेदि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । टेकु, बालाजु, केटू र केथ्री सबस्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूको विद्युत् सेवा आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here