ग्लोबल नेपाली फिल्म अवार्ड : सर्वोकृष्ट नायक नायिकाको अवार्ड अनमोल र स्वस्तिमालाई

208
ad

फिल्मी फण्डा । अमेरिकामा आयोजना भएको छैठौं ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ गत शनिबार सम्पन्न भएको छ । अमेरिका तथा नेपालबाट ठुलो संख्यामा कलाकारहरुको सहभागिता रहेको उक्त अवार्ड समारोहमा नायक अनमोल केसीले सर्वोकृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका थिए ।

उनले फिल्म ए मेरो हजुर ४ बाट उक्त अवार्ड प्राप्त गरेका हुन् । उता नायिका स्वस्तिमा खड्काले सर्वोकृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भइन् । यता उत्कृष्ट निर्देशकको अवार्ड भने प्रेमगीत ३ बाट सन्तोष शेनले प्राप्त गरे भने चरित्र अभिनेताको अवार्ड वरिष्ठ कलाकार सुनिल थापा र चरित्र अभिनेत्रीको पुरस्कार प्रियङ्का कार्कीले जितिन् । त्यस्तै चलचित्र दीर्घ साधना सम्मान ४० वर्षसम्म चलचित्र उद्योगमा योगदान गरे बापत शिव श्रेष्ठलाई प्रदान गरिएको थियो । साथै वर्षकी उत्कृष्ट गायिकामा प्रविशा अधिकारीलाई अवार्ड प्रदान गरिएको थियो भने भने उत्कृष्ट नृत्य निर्देशकको अवार्ड शिव बिकलाई प्रदान गरिएको थियो ।

यस्तै अभिनेता सरोज खनाललाई चलचित्र सिद्धि पुरस्कार प्रदान गरिएको थियो । सुवास बि थापालाई डायसपोरा अभिनेताको अवार्ड प्रदान गरिएको थियो ।यसैगरी विभिन्न कलाकर्मीहरू मध्ये अनिल पाण्डे, सन्तोष रामदन, केदार उप्रेती, बिक्रान्त बस्नेत लगायतलाई समेत सम्मान गरिएको थियो । चलचित्र क्षेत्रलाई महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई पनि सम्मान गरिएको समारोहमा मिस नेपाल नर्थ अमेरिका जुवली शेर्पा द्वितीय उपविजेता इशा सुवेदीलाई पनि पुरस्कार प्रदान गरिएको थियो । शनिबार क्विन्सको मेलरोज बलरुममा सम्पन्न समारोहमा विभिन्न विधामा अवार्ड वितरण गरीएको थियो ।

फिल्मकर्मीहरूलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिएको हो । न्यूयोर्कको ड्रिम्स युनिभर्सल एलएलसीले आतिथ्यता गरेको हो भने गर्ने यसका प्रमुख शैलेश श्रेष्ठ हुन् । अमेरिकाको विभिन्न राज्यहरु कोलोराडो, क्यालिफोर्निया राज्यहरूमा सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने छैठो संस्करण २०२३ मा न्यूयोर्क राज्यमा भव्य कार्यक्रमबीच समापन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here