दोस्रो ‘कर्णाली चलचित्र कार्यशाला’ हुँदै

178
ad


काठमाडौँ । कर्णालीमा दोस्रो ‘कर्णाली चलचित्र कार्यशाला’ हुने भएको छ । गत वर्ष सुर्खेतमा गरिएको कार्यशालालाई निरन्तरता दिन लागिएको आयोजक संस्था केवी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्राकृतिक र भौगोलिक हिसाबले सुन्दर भएकाले पनि कर्णाली रोजाइमा परेको हो । सांस्कृति विविधताले भरिएको हुँदा कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियबजारमा पु¥याउन यस किसिमका कार्यक्रम गरिरहेका छौँ”, अध्यक्ष खड्काले भन्नुभयो ।

पहिला सहभागी विद्यार्थीलाई अझै जानकार बनाउने र नयाँलाई सिकाउने उद्देश्यका साथ आयोजना हुने कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले ‘मास्टर क्लास’, चलचित्र निर्देशक दयाराम दाहालले चलचित्र निर्माणसम्बन्धी कक्षा, निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले लेखन र चलचित्र निर्देशनको प्रयोगात्मक सहितको कक्षा, अभिनेत्री सरिता गिरीले अभिनयसम्बन्धी प्रशिक्षण, छायाँकार पुरुषोत्तम प्रधान र निरज कँडेलले छायाङ्कनसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिने आयोजकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here