पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

100
ad

काठमाडौं, ९ साउन । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here