राजघराना गजल र निरमाया दोहोरी साँझ प्रालिले अझै घर खाली नगरेनन्

192
ad

काठमाडौं,१२ असार। राजघराना गजल रेष्टुरेण्ट एण्ड पार्टी भेन्यु प्रालि निरमाया दोहोरी साँझ प्रालिले अझै घर खाली नगरेको पाइएको छ ।

गत वैशाख ४ गते नै संचालकहरूले सामान बुझेर पनि अहिलेसम्म घर खाली नगरेको नेपाल ट्रस्टको कार्यालयले जनाएको छ ।

कमलादीस्थित काठमाडौं प्लाजामा रहेका यी दुई संस्था वैशाख २ गतेदेखि शिलबन्दी भएपछि ४ गते सरोकारवालाको रोहवरमा संचालकले सामान बुझेका थिए ।

तर, उनीहरूलाई उक्त स्थान खाली गर्न खबर गरे पनि सम्पर्कमै नआएको ट्रस्टको कार्यालयको भनाइ छ ।

जेठ २ गते फोनमा सम्पर्क गर्दा पनि नआएको र २८ गते भाइबरमा समेत खबर पठाउँदा पनि संचालक सम्पर्कमा नआएको ट्रस्टको कार्यालयले जनाएको ।
सम्पर्कमा नआएपछि कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सामान खाली गरिदिन भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here