हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने, इजरायलले आक्रमण रोक्ने

128
ad

६ मंसिर, काठमाडौं । इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध छ । यो उद्देश्य पूरा गर्नका लागि पहिलो चरणको रुपरेखालाई आज सरकारले मन्जुरी दिएको छ । यसअनुसार ५० बन्धक (महिला र बच्चासमेत)चार दिनभित्र रिहा हुनेछन् । यसक्रममा लडाइ रोकिने छ ।’

बन्धक बनाइएकाहरुलाई रिहा गरिसकेपछि भने हमासलाई सफाया गर्ने सैन्य अभियान फेरि सुरु हुने इजरायलले जनाएको छ ।

हमासले मानवीय सहायताका लागि युद्ध विराममा सहमति भएको जनाएको छ । यस सहमतिका लागि मध्यस्थता गरेको भन्दै हमासले कतार र इजिप्टप्रति आभार व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here