जाजरकोटमा कांग्रेसले थाल्यो पुनर्निर्माण, एक हजार घर बनाइने

128
ad

काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण थालेको छ ।

पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा कांग्रेस टोलीले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण थालेको हो ।

एक हजार अस्थायी घर निर्माण गर्ने कांग्रेसको निर्णयबमोजिम जाजरकोटको नलगाड नगरपालिका– ५ मा अस्थायी घरटहरा निर्माण सुरु गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी बैठकले पार्टीका नेता कार्यकर्तालाई प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन खटाउने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here