सपिङ मलमा कपडा किन्न नक्कली नोट, वीरगन्जबाट २ जना पक्राउ

207
ad

काठमाडौं। प्रहरीले पर्साको वीरगन्जबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्जकै २४ वर्षीय रिसिलाल पटेल र बाराको कलैयाका २५ वर्षीय उमेश कुमार रहेका छन्।

उनीहरुको साथबाट एक हजार दरका ३५ हजार रुपैयाँ नक्कली नोट बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

उनीहरुमाथी खोटा चलन मुद्धामा अनुसन्धान भइरहेको छ। विरगन्जस्थित सिटी मार्केटमा कपडा खरिद गर्दा उनिहरुले नक्कली नेपाली नोट दिएको प्रहरीको दावी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here