नग्न तस्विर राखेर कसैले ब्ल्याकमेल गर्दैछ भने नगर्नुहोस् यी पाँच गल्ती, यहाँ गर्नुहोस् रिपोर्ट

229
ad

देशमा हरेक दिन मानिसहरु विभिन्न तरिकाले ठगीको शिकार भइरहेका हुन्छन् । मानिसहरुको तस्बिर र भिडियो सम्पादन गरेर ब्ल्याकमेल भइरहेका छन् । यो अनलाइन ठगीको एक नयाँ तरिका हो । यी साइबर ठगहरूले सामाजिक सञ्जालबाट मानिसहरूको फोटो र भिडियोहरू निकाल्छन् र त्यसपछि नग्न वा वयस्क सामग्रीको साथ सम्पादन गर्छन् र पैसा माग्छन् ।

आजकल मानिसहरूले अज्ञात नम्बर वा अकाउन्टहरूबाट ह्वाट्सएप वा फेसबुक मेसेन्जरमा भिडियो कलहरू पाइरहेका छन् । यी भिडियो कलहरू रेकर्ड भई सम्पादन गरी ब्ल्याकमेल गर्न प्रयोग गरिन्छ । आजको रिपोर्टमा, हामी तपाईंलाई त्यस्ता घोटाला वा ठगीबाट बच्ने उपायहरू बारे बताउनेछौं ।

मेसेज डिलिट नगर्ने 

यदि तपाइँसँग यस्तो कुनै घटना भयो भने, मेसेज डिलिट गर्ने गल्ती नगर्नुहोस् । यी मेसेजहरू प्रमाणको रूपमा धेरै उपयोगी हुनेछन् । यसरी,मेसेज डिलिट गर्नुको अर्थ तपाई आफैं प्रमाणहरू मेटाउँदै हुनुहुन्छ ।

स्क्रिनसटहरू राख्नुहोस्

यदि कसैले तपाईको तस्बिरको दुरुपयोग गरेर तपाईलाई ब्ल्याकमेल गर्ने प्रयास गरिरहेको छ भने, उसबाट प्राप्त सबै मेसेजहरूको स्क्रिनसट राख्नुहोस्, किनकि यी उत्पीडकरूले केही समय पछि अकाउन्ट डिलिट गर्छन् । यस्तो अवस्थामा तपाईसँग कुनै प्रमाण भएन भने रिपोर्ट पनि गर्न मिल्दैन् ।

हेल्पलाइन मद्दत खोज्नुहोस्

यदि यस्तो घटना भयो भने, नजिकको प्रहरी स्टेशनमा प्रमाण सहित एफआईआर दर्ता गर्नुहोस् । यसबाहेक, साइबर ब्यूरोको ह्यान्डलमा जानुहोस् र मेसेजको पूर्ण जानकारी दिनुहोस् । तपाईले यसबारे cyberbureau@ nepalpolice.gov.np मा इमेल गरेर पनि गुनासो गर्न सक्नुहुन्छ । 

पैसा दिने गल्ती नगर्नुहोस्

यस्तो ब्ल्याकमेलिङको डरले पैसा दिने गल्ती कहिल्यै नगर्नुहोस्, किनकि एकपटक पैसा दिएपछि छुटकारा पाउन सकिँदैन् । यी ब्ल्याकमेलरहरूले तपाईसँग बारम्बार पैसा माग्छन् ।
 
आफ्नो साथी र परिवारलाई भन्नुहोस्

यदि तपाइँसँग यस्तो कुनै घटना भयो भने, तपाइँको साथीहरूलाई जानकारी दिनुहोस् र तपाइँको परिवारका सदस्यहरूलाई पनि यो घटनाको जानकारी सेयर गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here