सुमो दुर्घटना, १३ भारतीय तीर्थयात्रु घाइते

117
ad

 (मकवानपुर) । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् 

इन्द्रसरबार गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी-मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा आज बिहान ३:३० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्र.०३-००१ज०२८३ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका-२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

-रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here