हनुमानढोकामा फूलपाती भित्र्याइयो

203
ad

१६ असोज, काठमाडौं । हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारका पुजारीले साँझ दशैं घरमा भित्र्याएका हुन् ।गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ ।नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समेत गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here