एनआरएनएको मतपरिणाम घोषणासँगै तनाव, सिस्टम ह्याकको आरोप

149
ad

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएको घोषणासँगै तनाव भएको छ । पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् भने समर्थकहरुले चर्को नाराबाजी गरेका छन् । 
भेरो नामक अनलाइन सिस्टममा गोलमाल गरेर केसीले नतिजा  प्रभावित गरेको  अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छ्न् । उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन् । 
राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाईसमथैन गरेकी थिइन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here