नयाँबसपार्कको कान्तिपुर मलमा दशैँ अफर, सामान किन्ने बढे

229
ad

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कस्थित कान्तिपुर मलमा दशैँ अफर सुरु भएसँगै सामान किन्ने ग्राहकको संख्या बढेको छ ।

विगत १६ वर्षदेखि निरन्तर अफर सार्वजनिक गर्दै आएको कान्तिपुर मलले यस वर्षपनि दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी चाडपर्व अफर–२०८० सार्वजनिक गरेको हो ।

तीजलगत्तै सार्वजनिक गरेको दशैँ अफरमा दशैँ नजिकिएसँगै ग्राहकको घुईँचो लाग्न थालेको मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिए । कान्तिपुर मलले चाडपर्वलाई लक्षित गरी मोटरसाइकल, स्कुटर, टिभीलगायतका आकर्षक उपहार राखेको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २६ स्थित नयाँ बसपार्क प्रवेश द्धारको मुखमै रहेको सो मल होमल्याण्ड इनभेष्टमेन्ट कम्पनीले सञ्चालन गर्दै आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here