इन्द्रजात्रामा हेर्न गएका एक युवकको हत्या

134
ad

काठमाडौं । इन्द्रजात्रा हेर्न गएका एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ । गएराति जात्रा हेर्न गएका ओखलढुंगाको लिखु(४ का १७ वर्षीय शनी कार्कीको हत्या भएको हो ।

उनको छातीमा धारिलो हतियार प्रहार भएको थियो । कार्कीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमुद ढुंगेलले जानकारी दिए । प्रहरीका अनुसार कार्कीमाथि आक्रमणको कारण खुलेको छैन ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान जारी रहेको एसपी ढुंगेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here