डडेलधुरा, कैलाली, कञ्चनपुर, चितवनसहितका ठाउँमा ठूलो वर्षा : नारायणी नदीले सतर्कता तह नाघ्यो

161
ad

साउन २९, २०८० सोमबार काठमाण्डाै – डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । यी क्षेत्र भइ बहने कर्रा, मोहना, खुटिया, दोदा, चौदर, रङ्गुनलगायत ठूला तथा साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचा क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । यस्तै, महाकाली नदीमा जलसतह बढिरहेकाले नदी तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको छ । त्यसैगरी नारायणी नदीले सतर्कता तह पार गरेको छ ।

बाढीको जोखिम रहेकाले चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रमा रहेकालाई आज बिहान १० बजेसम्म उच्च सतर्कता अपनाइराख्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 13, 2023 आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलिदेखि भने बिस्तारै पानी पर्न कम हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here