मेलम्ची नदीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

142
ad

काठमाडौँ२८ श्रावण । शनिबारदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोला र इन्द्रावती नदीको बहाव बढेको छ।  

मेलम्ची खोला र इन्द्रावती नदीको बहाव बढ्दै गएको र लेदो सहितको खोला बगिरहेको छ।

ईलाका प्रहरी कार्यालय मेलम्चीले मेलम्ची र ईन्द्रावती खोलाको बहाव बढेकोले खोला किनारमा बसोबास गर्ने बासिन्दाहरुलाई आवश्यक  सतर्कता अपनाउन आग्रह गरेको छ।

साथै मेलम्ची हेलम्बु मार्ग अन्तर्गत सिमखेतमा सडक अवरुद्व  हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here