इजरायली आक्रमणबाट गाजामा २१ जनाको मृत्यु

114
ad

गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणको श्रृंखलामा कम्तिमा २१ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । मध्य गाजापट्टीको माघाजी शरणार्थी शिविरमा रहेको एउटा अपार्टमेण्टलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा तीन बालबालिकासहित सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र स्वास्थ्यकर्मीले बताएका छन् । गाजा शहरको यार्मुक स्ट्रिटमा रहेको एउटा अपार्टमेण्टमा इजरायली हवाई आक्रमणमा ६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ । उद्धार र नागरिक रक्षा टोलीहरूले अपार्टमेण्टबाट पीडितहरूको शव र धेरै घाइतेहरूलाई निकालेका छन् । गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४० हजार ४३५ पुगेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here