मङ्गलवार साँझदेखि अनलाइनमार्फत श्रम स्वीकृतिको आवेदन दिन नमिल्ने

103
ad

साउन २३, २०८० मंगलबार काठमाण्डौ – आज मङ्गलवार बेलुकादेखि अनलाइनमार्फत श्रम स्वीकृतिको आवेदन दिने प्रक्रिया अवरुद्ध हुने भएको छ । वैदेशिक रोजगार विभागले सिस्टमको फाइल सर्भर सार्नका लागि फेमिस सिस्टममा नयाँ फाइल अपलोड गर्न नमिल्ने भएको भन्दै श्रम स्वीकृतिको आवेदन पनि पेस गर्न नमिल्ने जनाएको छ ।

तर यसअघि श्रम स्वीकृतिको आवेदन दिइसकेकाहरूले भने सबै कागजात र प्रक्रिया मिलेको भएमा श्रम स्वीकृति प्राप्त गर्ने छन् । तर कुनै कारणले श्रम स्वीकृतिको आवेदन अस्वीकृति भएमा पुनः मागेका कागजात राखेर आवेदन सबमिट गर्न भने मिल्ने छैन ।

त्यसका लागि सिस्टम पुनः सञ्चालनमा नआउन्जेल गर्न पर्ने भएको छ । मङ्गलवार साँझ पाँच बजेदेखि अर्को सूचना जारी नहुँदासम्म सिस्टम अवरुद्ध हुने छ । अहिले पनि विभागको सिस्टम स्लो चलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here