रोल्पामा बस दुर्घटना : ६ जना गम्भीर घाइते

109
ad

काठमाडौं,२३ साउन । रोल्पाको तिलामा बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् । रोल्पाको बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना५ख २६१२ नम्बरको बस सहिद मार्गअन्तर्गत त्रिवेणी गाउँपालिका–७ स्थित रिचि तिलानजिक दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब १०० मिटर तल खसेको छ । रोल्पा प्रहरी प्रमुख डीएसपी श्याम सारु मगरले अहिले प्रहरीले उद्धारको काम गरिरहेको बताए । बसमा १५ जना सवार थिए । जसमध्ये ६ जना गम्भीर घाइते भएका हुन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here