सप्तरीको कञ्चनरूप नगरपालिकामा एक किशाेरीमाथि सामूहिक बलात्कार गरेकाे आराेपमा चार जना पक्राउ परेका छन् । कञ्चनरुप-१२ धर्मपुर टोलमा गएकाे शुक्रवार राति १७ वर्षीया किशाेरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएकाे छ ।
बलात्कार घटनाका योजनाकारसहित चार जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार राईले जानकारी दिनुभयो । ‘घटनामा संलग्न रहेका चारै जनालाई नियन्त्रणमा लिएका छौँ’, उहाँले भन्नुभयाे, ‘अहिले थप अनुसन्धान भइरहेको छ ।
डीएसपी राईका अनुसार पीडितकाे जाहेरीपछि कञ्चनरुप–१७ कै कैलाश पोखरेल, सुदीप भुजेल, मनोज विश्वकर्मा र दिपेश सुवेदी पक्राउ परेका छन् । शुक्रवार राति किशाेरीकाे घरमै पसेर उनीहरूले किशाेरीलाई काेही नबस्ने छेउकाे घरमा पुर्याएर सामूहिक बलात्कार गरेकाे प्रहरीले जनाएकाे छ ।