नेपालमा पाइने रातो मह रक्सी भन्दा पनि धेरै नसालु

137
ad

काठमाडौं, २८ असार । मह स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा हामीले सानैदेखि सुन्दै आएका छौं। तर, तपाईंहरूले कहिल्यै रातो महको बारेमा सुन्नुभएको छ? यो यस्तो मह हो जुन नशाभन्दा कम छैन। यो मह संसारको सबैभन्दा ठूलो मौरीले बनाउछ।

जसको नाम हिमालयन क्लिफ मौरी हो। हिमालयन मौरीले रातो मह बनाउन विषाक्त फलबाट अमृत संकलन गर्छ। यो मह धेरै नशालु छ। यसका साथै यसमा धेरै औषधीय गुणपनि छन्। यही कारणले गर्दा रातो महको विश्वभर नै ठूलो माग छ। यो महले धेरै फाइदा गर्छ, जस्तै यौन चाहना बढाउने।

रातो मह मधुमेह र उच्च रक्तचापका लागि पनि फाइदाजनक हुन्छ। तर, नशाका कारण रातो महको माग बढी हुन्छ। रातो मह नेपालको दुर्गम क्षेत्रमा पाइन्छ। रातो मह निकाल्नु कुनै सामान्य मह निकाल्नुभन्दा खतरनाक छ। गुरुङ जातिले निकै मिहिनेत गरेर निकाल्छन्।

रातो मह निकाल्न पहिले डोरीको सहायताले केही फिट उचाइमा चढाइन्छ, त्यसपछि धुवाँले मौरीलाई भगाइन्छ। रातो महको नशा अब्सिन्थेको जस्तै हुन्छ। एब्सिन्थे यस्तो मादक पदार्थ हो जुन धेरै देशहरूमा प्रतिबन्धित छ। यदि कसैले रातो महको धेरै प्रयोग गर्छभने उसलाई हृदयघात हुन सक्ने सम्भावना बढी हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here