हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प

141
ad

२८ असार,०८० हुम्ला – हुम्लाको कालीका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालीका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएकाे हाे ।

यसअघि गएकाे असार २५ गते सिन्धुपाल्चोकको बाह्रबिसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली, पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प तथा परकम्प गइरहेकाे छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here