स्वास्थ्य क्षेत्रका समस्या चिनेर हटाउन खोज्दै छु : मन्त्री पौडेल

184
ad

सोमवार काठमाडौंमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समस्याको पहिचान नगरी समाधान नहुने भन्दै समस्याको पहिला पहिचान गर्ने काममा आफू लागेको बताउनु भयो । उहाँले अस्पतालहरुमध्येमा प्रसुती तथा स्त्रीरोग अस्पतालको स्वास्थ्य सेवा प्रशंसायोग्य रहेको बताउनु भयो । उहाँले अहिलेको साधन श्रोतभित्र रहेर अस्पतालले गरेका कामहरु राम्रो रहेको बताउनु भयो । उहाँले उपलब्ध साधनश्रोत र जनशक्तिभित्रबाट प्रभावकारी काम गर्न आवश्यक रहेको बताउनु भयो । नेपालमा स्वास्थ्यकर्मीहरुको जनशक्ति सिमित रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेर पनि मैले यो भन्नुपर्छ । खासगरी समस्याको पहिचान नगरी समाधान हुँदैन । रोगको पहिचान नगरीकन त्यसको उपचार हुन सक्दैन । अस्पतालहरुमध्येमा प्रसुती अलि अगाडि, अलि व्यवस्थित छ । यसको स्वास्थ्य सेवा एकदमै प्रभावकारी रुपमा छ भनेर मैले खुशी पार्ने नाउँमा त्यस्तो भन्दिन । तर तुलनात्मक रुपमा यो अलि अगाडि छ, यसले पूर्णता पाउन जरुरी छ । अहिलेको साधन श्रोतभित्र यो खालको उपलब्धि जुन भएको छ, यसैमा सन्तुष्टि लिने स्थिति छैन । साधनश्रोत बढाउने स्थिति छैन, जनशक्ति बढाउने स्थिति छैन । उपलब्ध साधनश्रोत र जनशक्तिभित्रबाट हामीले प्रभावकारिता बढाउन जरुरी छ । अस्पतालमा अझ बढी समय दिनुस् भनेर अनुरोध गर्न खोजेको हो । नेपालमा स्वास्थ्यकर्मीहरुको जनशक्ति एकदमै सिमति छ, हाम्रो जनशक्ति थोरै छ ।’ 

स्वास्थ्यमन्त्री पौडेलले जनशक्ति उत्पादनको दायरा नीतिगत पक्षबाट फराकिलो बनाउन कोशिस गरिरहेको बताउनु भयो । उहाँले तीन सय शैय्या क्षमताको सबै अस्पतालमा निजी क्षेत्रको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रिया अघि बढाउन सक्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here