कांग्रेस महासमिति बैठक : सम्पूर्ण तयारी पुरा

133
ad

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

सोमबारदेखि ललितपुरको गोदावरीमा चार दिनसम्म महासमिति बैठक बस्नेछ । गोदावरी सनराइज हलमा हुने महासमिति बैठकमा २१ सय बढी प्रतिनिधि र अरु गरी २५०० जना सहभागी हुने छन् ।

नीति महाधिवेशनका रुपमा गर्न लागिएको महासमिति बैठकमा पाँच प्रतिवदेन माथि छलफल हुने छ । बैठकलाई व्यवस्थित बनाउनका लागि सभापति देउवाले ९ जना नेता रहेको तयारी उपसमिति संयोजक मनोनित गरेका थिए ।

उपसमिति संयोजकहरुले आ–आफ्नो जिम्मेवारीको तयारी अन्तिम चरणमा पुगेको जानकारी आइतबार पत्रकार सम्मेलनमा गराए ।

तयारीबारे जानकारी दिन पत्रकारसम्मेलन हुँदा पनि महासमिति सम्मेलनको मञ्च र वरपर साज सजावट गर्न नेता कार्यकर्ताहरु खटिरहेका छन् ।

सातदोबाटोदेखि गोदावरीसम्म कांग्रेसले स्वागतका लागि व्यानरहरु टाँगेको छ । साथै सडकको दुबै स्थानमा पार्टीको झण्डाले सजाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here