इजरायललाई मनाउन अमेरिकालाई सकस, गाजामा १ सय १० जनाको मृत्यु

130
ad

काठमाडौं । इजरायलले जारी राखेको हवाइ हमलाका कारण उत्तरी गाजाको जबलिया क्षेत्रमा कम्तिमा १ सय १० जनाको मृत्यु भएको छ । जबलियामा रहेको शरणार्थी शिविरका तीनवटा घरमा ५० जनाको मृत्यु भएको हो ।

हमलमा अन्य दर्जनौं भग्नावशेषमा फसेको बताइएको छ । आक्रमणपछि सार्वजनिक भएका भिडियो फुटेजमा साना केटाकेटीहरूको शव अस्पतालमा लडिरहेको देखिन्छ । हमासको आतंकवादी गतिविधि गर्ने मुख्यस्थानका रुपमा जबलिया रहेको इजरायली सेनाको बुझाई छ ।

अमेरिकी रक्षा मन्त्री लयड अस्टिन वार्ताका लागि तेल अवीभमा रहेकै बेला इजरायलको आक्रमणबाट ठूलो संख्यामा प्यालेस्टेनी नागरिकको मृत्यु भएको समाचार बाहिरिएको छ । नागरिकको रक्षाका लागि अमेरिकाले युद्ध रोक्न पहल गरिरहेको छ ।

राष्ट्रसंघले यसअघि नै युद्ध विरामको पक्षमा निर्णय गरिसकेको छ । शत्रुताको तत्काल र दिगो अन्त्यका लागि भइरहेका प्रयास निर्णयमा पुग्न नसक्दा मानवीय क्षति बढिरहेको हो । इजरायलको आक्रमणका कारण अहिलेसम्म झण्डै २० हजारको मृत्यु भएको छ ।

मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेको बीबीसीले जनाएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here