सुनसरीको सेउती खोला नजिकै जंगलमा गोली प्रहार

124
ad

विराटनगर,५ साउन । सुनसरीको सेउती खोला नजिकै जंगलमा गोली प्रहार भएको छ ।

मुलघाटबाट विराटनगर जाँदै गरेका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीमाथि गोली प्रहार भएको हो । धरान(इटहरी रोडमा पर्ने जंगलको सेउती पुल नजिकै गोली प्रहार गरि लुटपाट भएको प्रहरी जनाएको छ ।

चौधरीले साथमा रहेको मोबाइल र पैसा लुटिएको छ । गम्भीर घाइते चौधरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक छ ।

सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घटनाको अनुसन्धान भइरहेको बताए । गोली प्रहार हुनुको कारण नखुलेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here