निर्देशक मधुसूदन भट्टराईको कमब्याक चलचित्र ‘हामी तीन भाइ’ साउनबाट फ्लोरमा जादै

160
ad

काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘हामी तीन भाइ’को छायांकन साउन १० गतेदेखि सुरु हुने भएको छ । शुक्रबार गोरखाको मनकामना मन्दिरमा फिल्मको शुभसाइत गरिएको छ । यसअघि २०६१ सालमा दिवंगत निर्देशक शिव रेग्मीले सोही नाममा फिल्म बनाएका थिए । १९ वर्षपछि निर्देशक भट्टराईले सोही नाममा फिल्म बनाउन लागेका हुन् ।

‘दौंतरी’ नामक फिल्मको निर्माण तत्काललाई पोस्टपोन्ड गर्दै भट्टराईले ‘हामी तीन भाइ’को छायांकन थाल्न लागेका हुन् । फिल्ममा विनोद न्यौपाने, कुशल बिष्ट र अभिनेत्री जाह्न्वी बस्नेतको शीर्ष भूमिका हुनेछ । दुई अभिनेत्री तय हुन बाँकी रहेको जनाइएको छ । फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन् ।

प्रसिद्ध सिने आर्ट्सको ब्यानरमा निर्माण हुने फिल्ममा राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा हर्के हवल्दार, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल र पवन केसीको पनि अभिनय रहनेछ । साजित महत प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता विक्रम तामाङ हुन् । त्रिरत्न श्रेष्ठ निर्माता रहेको फिल्मको सहनिर्मातामा प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ छन् ।

यस चलचित्रमा शिव ढकालको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर र एलिश कार्कीको पार्श्व संगीत रहनेछ । निर्देशकिय हिसाबले कमब्याक रहेको यस चलचित्र निर्देशक मधुसूदन भट्टराईको लागी परिक्षा कै रुपमा रहने छ। यता निर्देशक भट्टराईले भने स्कृप्ट राम्रो रहेको र चलचित्र पनि राम्रो बन्ने कुरामा आफू ढुक्क रहेको सजिलो पत्रलाई बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here