शिव परियारको सुरा र सुन्दरीमा मोडल पुष्कर राउतको चर्चा

195
ad

शिव परियारको स्वरमा रहेको नयाँ गीत चर्चामा छ । गितलाई दर्शकरश्रोताले मन पराईरहेका छन् । सार्वजनिक ‘सुरा र सुन्दरी’ बोलको गीतको भिडियोमा अभिनेता पुष्कर राउत र मोनिका बुढाथोकीको अभिनय रहेको छ ।

भिडियोमा हरि मानन्धर विवशको शब्द रचना र सुरेश गैरेको संगीत रहेको छ । बिनय राज पौडेलको निर्देशन रहेको म्युजिक भिडियोलाई रामेश्वर हुमागाईले खिचेका हुन् । सविन घिमिरे, दिपक शाह र पवन लामाको लगानी रहेको भिडियोमा हरि शर्मा, बिनोद बुढाथोकी, कृष्णभक्त निरौला र बिद्या निरौलाकोे पनि अभिनय रहेको छ ।

भिडियोमा रवी केसीको मेकअप, मिलन विश्वकर्माको कलर र पदम सुवेदीको सम्पादन रहेको छ । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
गित राम्रो बनेको निर्देशक बिनय राज पौडेल बताउनुहुन्छ। गितले राम्रो चर्चा बटुलिरहेको र आफू निकै उत्साहित रहेको मोडल पुष्कर राउत बताउनुहुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here