भएको हो । भारतीय मिडियामा प्रकाशीत समाचार अनुसार भारतको विदेश मन्त्रालयले यो सिषयलाई विरोध गरेको छ । केही भारतीय मिडियाहरुले भारतीय विदेश मन्त्रालयको भनाईसहित आपत्ति जनाएका छन् । भारतीय मिडियाहरु दैनिक भास्कर, नवभारत टाइम्स प्रभात खबर लगायतका मिडियाले भारतीय विदेशमन्त्रालयको हवला दिँदै नेपाली एकसय रुपैयाँको नोटमा भारतीय भूभागलाई आफ्नो भनिएको भन्दै विरोध जनाइएको छ । उनीहरुले उत्तराखण्डको हिस्साका रूपमा रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालले आफ्नो भूभागका रूपमा रुपैयाँमा देखाएको भनी सोको विर।ेधमा समाचार प्रकाशित गरेका छन् । दुइदिन अघि मात्रै नेपाल राष्ट्र बैंकले अद्यावधिक सुरक्षा सुविधा र नयाँ डिजाइनसहितको नेपाली एकसय रुपैयाँको नोट बजारमा पठाएको थियो जसमा नेपालको चुच्चे नक्सा समेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0