Panama goalkeeper Orlando Mosquera (22) reaches for the ball as Ghana's Jordan Ayew (9) and Panama's Jiovany Ramos (13) look on during the World Cup Group L soccer match between Ghana and Panama in Toronto, Wednesday, June 17, 2026. (AP Photo/Sam Balkansky)

काठमाडौं- फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको समूह ‘एल’को खेलमा घाना विजयी भएको छ । क्यानडाको टोरन्टो स्टेडियममा भर्खरै सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

कालेब यिरेनकीले गरेको एक गोल नै घानाको लागि निर्णायक गोल सावित भयो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । यस जितसँगै घानाले शीर्ष तीन अंक जोडेको छ ।

समूह ‘एल’ मा तीन अंक जोडेको इङ्ग्यान्ड शीर्ष स्थानमा छ । समान तीन अंक नै बटुलेको घाना दोस्रो स्थानमा छ ।

अंकविहीन रहेका पानामा र क्रोएसिया तेस्रो र चौथो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0