आजदेखि ईसेवाबाट दिनमा तीन पटक बढी पैसा पठाउँदा १० रुपैयाँ कारोबार शुल्क लाग्ने

111
ad

काठमाडौं । आजदेखि डिजिटल वालेट ईसेवाबाट तीन पटकभन्दा बढी रकम पठाउँदा शुल्क लाग्ने भएको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै यस्तो व्यवस्था सुरु भएको जानकारी दिएको हो ।

व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यूआर कोडमार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही बमोजिम पीटुपी (व्यक्तिदेखि व्यक्तिको अकाउन्टमा रकम पठाउने काम) भुक्तानीका लागि शुल्क लाग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
“….यही १ अगस्ट २०२४ देखि व्यक्तिगत खाताबाट सेन्ड मनी (Send Money) गर्दा शुल्क लाग्ने व्यहोरा जानकारी गराउँदछौं,” ईसेवाले जारी गरेको सूचनामा लेखिएको छ, “सेन्ड मनी कारोबार दिनमा तीन पटक गरी महिनामा ३० पटकसम्म निःशुल्क रहनेछ । साथै १०० रुपैयाँ मुनिका सबै सेन्ड मनी कारोबार निःशुल्क रहनेछन् ।”

यी बाहेक सबै सेन्ड मनी कारोबार प्रति कारोबार १० रुपैयाँ सेवा शुल्क लागु हुने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here