सेनेगल VS जापान कसले मार्ला बाजी ?

काठमाडौं । जारी फिफा विश्वकप फुटबलमा उत्कृष्ट प्रर्दशन गदै आइरहेको एसियाली राष्ट्र जापान नकआउट चरण नजिक छ ।

समूह चरणको पहिलो खेलमा बलियो प्रतिद्धन्दी कोलम्बियामाथि सनसनीपूर्ण २—१ को जित निकालेर दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको जापानले आज अफ्रिकी मुलुक सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ । यि दुई टिमविचको खेल एकाटेरिङवर्ग एरिनामा आज राति नेपाली समयअनुसार ८ः४५ बजेपछि हुनेछ ।

दुवै टोलीले पहिलो खेलमा जित हात पारेका कारण आज रातिको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने खेल विश्लेषकहरुको अनुमान छ । दुवै टोलीले रक्षात्मक खेल्दै काउन्टर एट्याकमा बढी ध्यान दिन सके ३ अंक नसके १ अंक खोस्ने दुवै टिमको योजना हुनेछ । दुवै टोलीले २००२ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । जापान नकआउटमा प्रवेश गर्दा सेनेगलले भने क्वार्टरफाइनल सम्मको यात्रा तय गरेको थियो ।

सन् २००२ को विश्वकपमा जापानले नकआउट चरण भन्दा माथिको यात्रा तय गर्न सकेको छैन् ।  यस पटकको विश्वकपमा राम्रो फर्ममा रहेको जापानलाई अहिले दोस्रो चरण पुग्ने महत्वपूर्ण अवसर छ । आज राति हुने खेलमा सेनेगललाई पराजित गर्न सके जापान २००२ पछि पहिलोपटक दोस्रो चरण पुग्न सफल हुनेछ । सेनेगलसँग बराबरी खेलेको अवस्थामा पनि जापानको दोस्रो चरण प्रवेश गर्ने सम्भावना रहनेछ । हारले भने जापानको दोस्रो चरण पुग्ने सम्भावना न्यून बन्नेछ ।

यता, पहिलो खेलमा पोल्यान्डलाई पराजित गरेको सेनेगल पनि दोस्रो खेलमा जापानलाई निराश पार्दै दोस्रो चरण प्रवेश गर्ने लक्ष्यमा हुनेछ । २००२ को विश्वकपको पहिलो खेलमा विश्वविजेता फ्रान्सलाई पराजित गरेको सेनेगलले जारी विश्वकपमा पनि बलियो पोल्याण्डलाई पराजित गर्दै अघिल्लो चरण नजिक छ ।

यी दुई टोली अहिलेसम्म अन्तराष्ट्रिय फुटबलमा तीन पटक आमने—सामने भएका छन् । कुनै पनि खेलमा जापानले सेनेगलमाथि जित हात पार्न सकेको छैन । ३ खेलमा २ खेल सेनेगलले जितेको थियो भने एक गोल बराबरीमा सकिएको थियो । यी दुई टिमको अन्तिम खेल सन् २००३ मा भएको थियो । त्यतिबेला भएको मैत्रिपूर्ण खेलमा सेनेगलले जापानलाई १–० ले हराएको थियो । 

Leave a Reply

Your email address will not be published.