एकै परिवारका चार जनामाथि धारिलो हतियार प्रहार

रौतहट । रौतहट जिल्लाको बौधिमाई नगरपालिकाको वडा नं.७ मा एकै परिवारका ४ जन माथि धारिलो हतियार प्रहार भएको छ ।

शनिबार साँझ सडक विस्तारको विषयमा विवाद भएपछि पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा जयगोविन्द कुशहवा, श्री गोविन्द कुशवाहा, राजकुमार कुशवाहा, राम अयोध्या कुशवाहा र श्याम कुशवाहा रहेका छन् ।

घाइते पाँचै जानको गौरस्थित जिल्ला अस्पतालमा सामान्य उपचार गरी थप पचारका लागि भरतपुर मेडिकल कलेज चितवन पाठइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पीडित पक्षले यस घटनामा वडा नं ७ का वडा अध्यक्ष बिजय कुशवाहाको संलग्नता रहेको आरोप लगाएका छन् ।

सो क्षेत्रमा लामो समयदेखि सडक विस्तारको विषयलाई लिएर विवाद चल्दै आएको थियो ।

तर, शनिबार विवादीत स्थानमा गिठ्ठी र बालुवा खनाइएपछि पुनः विवाद शुरु भएको थियो ।

जग्गा धनी शिव गोबिन्द कुशवाहाले १ महिना अगाडिदेखि सडक विस्तार गर्न रोक लगाउँदै आएका थिए ।

रोक्का गर्न जिल्ला अदालतबाट आदेश पत्र पठाई सो विवादीत कामलाई हेर्नका लागि प्रहरी चौकी बंकुलको प्रहरी पूर्व इन्चार्ज दिनानाथ यादवको नेतृत्वमा खटाईएको थियो ।

Leave a Reply

Your email address will not be published.