महानगरले पहिलो चरणमा प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थ र गुट्खाको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ । दोस्रो चरणमा महानगर भित्र हुक्का निषेध गरिने छ ।
महानगरभित्र सञ्चालनमा रहेका सबै रेष्टुरेन्ट, बारमा हुक्का प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने तयारी महानगरले गरेको हाे। युवाको स्वास्थ्यलाई लक्षित गरी यस्तो योजना बनाइएको हाे ।
संघीय सरकारले देशैभर गर्दैछ निषेध
सुर्तीजन्य वस्तु (सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु) प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने नियम महानगरले आफ्नो क्षेत्रभित्र कार्यान्वयनमा ल्याउँदै गर्दा यो योजना संघीय सरकारले भने देशैभर लागु गर्दै छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा १ वैशाख २०८१ देखि लागु हुने गरी प्लास्टिकको खोलमा यस्ता पदार्थको बिक्री वितरणमा पूर्ण रोक लगाउने घोषणा गरिएको छ ।
सोही घोषणालाई कार्यान्वयन गर्न आन्तरिक राजस्व विभागले उत्पादक कम्पनीहरुलाई सूचित समेत गरिसकेको छ । विभागका अनुसार १ वैशाख २०८१ सम्म यस्तो वस्तु उत्पादन गर्ने प्रतिष्ठानले प्लास्टिक विस्थापित गरिसक्नुपर्ने छ । सरकारले अन्तःशुल्क नियमावलीमा संशोधन गर्दै भनेको छ, ‘सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठानले १ वैशाख २०८१ देखि प्लास्टिक बाहेकका जैविक रुपमा सडेर जाने (बायोडिग्रेडेबल) सामग्रीमा मात्र प्याकिङ
