सामान्य अंकले घट्यो नेप्से

75
ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक २.१७ अंकले घटेर १८९४.५३ को विन्दुमा झरेको छ ।

यस दिन २९० धितोपत्रका ४७ लाख २७ हजार ९०२ कित्ता सेयर एक अर्ब २८ करोड दुई लाख २८ हजार ९७१ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ३६१.८५ विन्दुमा झरेको छ । १३ मध्ये पाँच उपसमूहको समूहगत सूचक उकालो लागेको छ । आठ उपसमूहको समूहगत सूचक घटेको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९।९७ प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ५.३३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here