दाङ हुँदै फेरि नेपाल छिरे सलहका झुण्ड

दाङ हुँदै आइतबार फेरि सलहका झुण्ड नेपाल प्रवेश गरेका छन्। कति झुण्ड प्रवेश गरेको यकिन गर्न नसकिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताए। ‘धेरै झुण्ड देखिएको छन्। आउने क्रम जारी छ, यति नै भन्न सकिन्न, विवरण संकलन हुँदैछ,’ उनले भने। केन्द्रका अनुसार आइतबार बिहान साढे नौ बजे भारतको उत्तर प्रदेशका सितापुर […]

संखुवासभामा पहिरोमा परि ११ जना बेपत्ता, जनजीवन प्रभावित

काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा गएराति गएको पहिरोमा परि ११ जना बेपत्ता भएका छन् । आठवटा घर बगेका छन् । बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभा डीएसपी नवराज मल्लले जानकारी दिए । उनका अनुसार पहिरोमा हराइरहेकाहरुको खोजी जारी छ ।

नेकपा स्थायी समिति बैठक असार २६ सम्म स्थगित

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो ।

सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट बर्खास्त

काठमाडौँ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेको छ । आज बसेको पार्टीको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले […]

२४ घन्टामा देशभर १८० जना संक्रमित

काठमाडौँ — काठमाडौं उपत्यकामा ५४ जनासहित पछिल्लो २४ घण्टामा मुलुकभर १८० जना कोरोना संक्रमित देखिएका छन् ।  काठमाडौँमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको हो । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.

मास्क नलगाई घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने

२२ असार, काठमाडौं । मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । कोरोना संक्रमणको […]

असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको […]

काठमाडौंमै देखियो सलह,नुवाकाेट जादै

१६ असार, काठमाडौं । काठमाडौंको आकाशमा पनि सलह देखिएको छ । काठमाडौं महानगरपालिका –१६ वनस्थली क्षेत्रमा सलहको ठूलो समूह देखिएको स्थानीयले बताएका छन् । काठमाडौंको उत्तरमा पर्ने नागार्जुन र रानीवन क्षेत्रमा पनि सलह देखिएको छ । देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको छ । काठमाडौंको दक्षिण […]

राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाउने निर्णय

काठमाडौँ — सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको हो । मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा […]

सोती घटना : शुक्रबारदेखि अदालतमा थुनछेक बहस

रुकुम । रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको चार दिनपछि बिहिबार पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा बयान सकिएको हो । पहिलो दिन सोमबार दुई नाबालक, दोस्रो दिन मंगलबार नौ, तेस्रो दिन बुधबार १० र चौथो दिन बिहिबार आठ […]