खुल्यो आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ

216
ad

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले असार २१ गतेदेखि २५ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार बिहान सिटिसी मल सुन्धारा, काठमाडौंमा रहेको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ९ लाख ६० हजारले १०–१० कित्ताका दरले पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट www.civilcapitalmarket.com र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट http://www.imelifeinsurance.com/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

कम्पनीले १ सय ३६ रुपियाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपियाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमा कुल कम्पनीले जारी गरेको कूल शेयरमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ । यस्तै ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामुहिक लगानी कोषलाई र ५ प्रतिशत अर्थात ६ लाख कित्ता संस्थाका कर्मचारीहरुलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि बिक्री गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here