पाकिस्तान ए संग नेपाल पराजित

206
ad

काठमाडौँ, २९ असार । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तानसंग पराजित भएको छ।श्रीलंकामा भएको खेलमा आज नेपाल पाकिस्तान ए संग ४ विकेटले पराजित भएको हो ।  यस अघि नेपालले टस जितेर पहिला व्याटिङ गर्दै ३७ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । जवाफमा पाकिस्तानले १८० रनको विजयी लक्ष्य ३२ ओभर २ बलमा ६  विकेट गुमाएर पुरा गर्यो ।

 पहिला व्याटिङ गर्ने क्रममा नेपालका लागि सबै भन्दा वढि सोमपाल कामीले ७५ रन बनाए । उनले १ सय १ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका हुन। नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान रोहित पौडेल ४ तथा भीम सार्की शून्य, पवन सर्राफ १, कुशल मल्ल १७, गुसलन झा १३ र प्रतिस जिसी २६ रनमा आउट भए । ललितले १० बलमा १ रन बनाएर नटआउट रहे।

पाकिस्तान ए का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।  

बलिङ  तर्फ नेपालका लागि  ललितनारायण राजवंशीले ३ ,पवन सर्राफले २ तथा कुसल मल्लले १ विकेट लिए ।

नेपालले दोस्रो खेल आउने सोमबार भारत ए सँग खेल्नेछ । भारतसँगको खेल डे नाईट हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ । यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।  सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here