प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको निधन

166
ad

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ। बुधबार स्वास्थ्य अवस्था गम्भीर भएपछि नर्भिकमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।  

बुधबार बिहान उनको अक्सिजनको लेवल घटेपछि प्रधानमन्त्री दाहाल आँफैले सवा सात बजे नर्भिक पुर्याएका थिए। प्रारम्भिक जाँचपछि उनको स्वास्थ्य अवस्था एकदमै गम्भीर रहेका चिकित्सकले बताएका थिए।  

अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनकाे निधनकाे पुष्टि गरेकाे हाे। अस्पतालका अनुसार उनकाे निधन हृदयघातका कारण भएकाे हाे। बिहान आठ बजे हृदयघात भएकाे र उपचारकाे क्रममा बिहान ८ः३३ बजे निधन भएकाे प्रधानमन्त्रीको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले जानकारी दिए ।

सीता दाहाल लामाे समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here