‘भगवद् गीता’को बाँकी छायांकनका लागि अमेरिकाबाट नेपाल आइन सुहाना

142
ad

काठमाडौं । आगामी भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘भगवद् गीता’ छायांकनदेखि नै चर्चामा छ । झरना थापा निर्देशित यो फिल्मको बिहीबार टिजर सार्वजनिक गर्ने तयारी छ । यससँगै फिल्मको प्रचारप्रसार पनि औपचारिक रुपमा सुरु भएको छ ।

अमेरिकामा अध्ययनरत अभिनेत्री सुहाना थापा फिल्म प्रचार र बाँकी छायांकनका लागि नेपाल आइपुगेकी छन् । फिल्मको मूल छायांकन सकेर उनी अध्ययनका लागि अमेरिका फर्किएकी थिइन् । नेपाल आइसकेपछि उनी स्वरांकनसहित प्रचारमा सक्रिय हुन थालेकी छन् । उनकै नेतृत्वको त्रिनेत्रम डिष्ट्रिब्युसनले फिल्मलाई काठमाडौं उपत्यकाबाहिर वितरण गर्दैछ ।

उनी आफैंले फिल्मको आधिकारिक हलको रुपमा बिग मुभिजसँग सम्झौता गरिन् । यो फिल्ममा उनको शीर्ष भूमिका समेत छ । उनको को-स्टारको रुपमा विपन कार्की र धीरज मगर छन् । निर्माता सुनिलकुमार थापाले अहिलेसम्म सुहाना इन्टरटेनमेन्टबाट बन्दै आएका फिल्मभन्दा ‘भगवद् गीता’ भिन्न बनेको दाबी गरे ।

 ‘यसको कथावस्तु नै भिन्न छ । आजसम्म सुहाना इन्टरटेनमेन्टबाट बनेको एक नम्बर फिल्म हो यो । विपिनले आजसम्म नगरेको रोल यसमा गरेका छन्’ फिल्मबारे निर्माता थापाले भने, ‘हामी पनि नियमितभन्दा भिन्न फिल्म बनाएकोमा चाँडो भन्दा चाँडो दर्शकलाई देखाउन आतुर छौं ।’

फिल्मको बाँकी छायांकन साउन ३ गतेदेखि पोखरामा गर्ने योजना छ । यसपछि निर्माता थापा ‘ए मेरो हजुर ५’ बनाउने तयारीमा छन् । उक्त फिल्ममा विपिन र अनमोल केसीलाई खेलाउने उनको योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here