कांग्रेस ले किन माग्यो रबि को राजिनामा ? सांसद प्रदीप पाैडेलको प्रश्न ,‘प्रश्नैप्रश्नले घेरिएका मान्छे ले कस्तो सुशासन ल्याउछ ?’

93
ad

प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रश्नैप्रश्नले घेरिएका मान्छेलाई मन्त्रालय जिम्मा लगाएर प्रधानमन्त्रीले कस्तो सुशासन ल्याउन खोजेको भन्दै गृहमन्त्री रबि लामिछानेको राजिनामा माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद प्रदीप पाैडेलले प्रश्न गरे, ‘प्रश्नैप्रश्नले घेरिएका मान्छे बोकेर प्रधानमन्त्रीले कस्तो सुशासन ल्याउनुहुन्छ ?’

प्रधानमन्त्रीले पटकपटक सुशासनको कुरा गर्ने गरे पनि कार्यशैलीले त्यसको अनुभूति दिन नसकेको उनको भनाइ थियो ।

‘प्रधानमन्त्री पटकपटक सुशासनको कुरा गर्नुहुन्छ । विगतको गठबन्धन तोड्दा पनि कांग्रेसको कारणले सुशासन लागू गर्न नसकेको आशय प्रकट गर्नुभयो । सुशासनको चिन्ताले गठबन्धन तोडेको भन्नुभयो,’ सांसद पाैडेलले पुनः प्रश्न गरे, ‘जसको अनुसन्धान जुन मन्त्रालयले गर्नुपर्ने हो, त्यही मन्त्रालयको तालाचाबी तिनै व्यक्तिलाई सुम्पिएर सुशासन आउन सक्छ ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here