कामरेड बामदेब, उचालेको बाघ ले मृग मार्ला र ?

राजिव श्रेष्ठ ।

बर्दिया बाट तिरस्कृत भएर काठमाडौँ क्षेत्र न ७ झरेका बाम गठबन्धन का प्रभावशाली नेता बाम देव गौतम को राजनैतिक सवारी संगै नेपाल को राजनैतिक वृतमा नया तरङ्ग उत्पन्न भएको छ, कुनै राजनीतिक दलका नेता जो अामनिर्वाचनमा पराजित भई सकेका छन् , उहि ब्यक्तिलाई प्रतिनिधि सभा सदस्य बनाउन जनताले दुख गरेर तिरेको कर बाट जम्मा भएको राज्यकोष बाट फजुल खर्च गर्दै त्यसमा पनि जनमत प्राप्त निर्वाचित प्रतिनिधिलाई राजिनामा गराएर उप निर्वाचन गर्नु बहुमत प्राप्त राजनितिक दल र सरकारले गर्ने नितिगत भ्रष्टाचार हो कि होइन ? यस कार्यमा हुने नैतिक जिम्मेवारी को जोखिम कसले लिने ?

बामदेव गौतम धेरै पदलुप्त देखिदैछन्।।चुनावमा हार भए पछि कमसेकम अर्को निर्वाचन सम्म कुर्न सक्ने आट देखाउन पर्नेमा सांसद पदको लागि यति धेरै किन लोभिनु भएको कुरै बुझ्न गारो।लिडर जस्तो व्यक्तिले अलि नैतिकता देखाउनु पर्ने हो तर त्यस्तो देखिएन।अनि यि लिडर बाट नेपाली समाजले के सिक्ला??जनताले निर्वाचनमा किन हराए कसरी हराए भन्ने कुरा खोज्नु भन्दा पनि पदको लागि हारगुहार गरेको अलि सुहाएन।।लोभि,पदलुप्तहरु बाट के सन्देश जान्छ आम मानिसमा भन्ने कुरा पनि हेक्का राख्न सक्दैनन्।

माधव नेपाल दुइ ठाउँमा जिते पछि उहाँले छाेडेकाे काठमाडौ २ मा टुरिष्ट उम्मेदवारलाइ जसरी लज्जासपद रुपमा त्यस क्षेत्रका मतदाताले हराए फेरि त्यस्तै घटना बामदेवकाे हकमा पनि नदाेहरिएला भनेर भन्न सकिन्न ।

“बिनास काले बिपरित बुद्दी” । जनतालाई भेडा ठान्ने प्रवृत्तिका मालिक बामदेव जस्ताको खांचो यो मुलुकलाई छैन । अनि पद र पैसामा जनमत बेच्ने रामबिर मानन्धर यो निर्णय तिम्रो जिवनको सबैभन्दा गलत निर्णय हुनेछ । सायद राजनितिको मन्चबाट संधैलाई आउट गर्न काठमाडौंका जनता आतुर छन् । भिरबाट लड्न खोज्नेलाई राम मात्र भन्ने हो कांध हाल्ने कोहि नहोलान ।

बामदेव कम्रेड, जमानत जफत भयो भने यसलाई सामान्य मान्नु, धेरै आशक्ती हुनु भनेको आगोमा हाम फाल्नु हो, सुर्य धेरै तातेको छ, ब्लास्ट हुन सक्छ ।

स्थानीय नेवार समुदायको उम्मेदवार हुनु र कांग्रेसले राप्रपालाई समर्थन गर्नुले काठमाडौं ७ मा रामवीरको सहज जित भएको थियो । तर, अहिले परिस्थिति फेरिएको छ । नेकपा नेतृत्वको सरकारको लोकपि्रयता गिर्दो छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीले काठमाडौंवासी दिक्दार छन् । वामदेवको आफ्नै छवि पनि गतिलो छैन । अर्कोतर्फ उनलाई जिताउन पार्टी एक ढिक्का हुनेमै शंका छ ।

देश कै दुर्भाग्य हो जनताबाट पराजित मानिसलाइ फेरि जिताएर साम्सद बनाउनु कति सम्मको स्वार्थ छ , यो एउटा नराम्रो परम्परा बस्न जान्छ देशमा चुनाबको के अर्थ रह्यो र तेहि भएर सम्पुर्ण जनताले यस्तो परम्परा तोडनु पर्छ जसरी भए पनि हराउनु पर्छ बामदेब नआउदा न पार्टीलाई घाटा न देश लाई घाटा ।

आफ्नै जिल्लाबाट जनताले लोप्पा ख्वाएका नेतालाई काठमाडौंका सचेत मतदाताले जिताउलान भन्ने कुनै आधार छैन । जिबनमा प्रधानमन्त्री र राष्ट्रपति बाहेक सबै पद भ्याइसकेका , पार्टी फुटाएरै भएपनी कार्यकारी महासचिव भैसकेका लाई फेरि पनि पदकै यत्रो लोभ ?
बामदेव बिना संसद नै नचल्ने भो भन्ने लागेको हो भने उनलाई ल्याउन जोडबल गर्ने प्रचण्ड कमरेडले आफ्नो क्षेत्रबाट राजिनामा दिएरै जिताउदा भो नि ।

लाजशरम इमान भन्ने कुरो नभयपछि जनताले पाॅच वर्ष बाहिर बस भनेर मत दिदा पनि सांसद बन्न मरिहत्ते? हैन यिनको गुन के छ र? कपिलवस्तुमा भयको हिन्दू मुस्लिम दंगामा पक्राउ परेकालाई यिनी गृहमंत्री हुॅदा रिहा गरियो के यिनलाई फेरी यस्तै हर्कत गर्नको लागि सांसद बनाउने?प्रहरिमा पहिलोपटक राजनिती घुसायको यो मान्छेलाई किन सांसद बनाउन मरीहत्ते गर्दैछन ओली र दाहाल ?
गाई बुढो हुदा भिर खोज्छ मान्छे बुढो हुदा निउ खोज्छ भन्थो होकि क्य हो कति धेरै निउ खोजेको होला मन्दिर मा बसेर भजन गायेर बस्ने बेलामा मन्त्री हुनु मन लागो चार धाम जानू नि केको चुनाब तिर ?

यो देशमा नैतिकता भन्ने कुरा कतै बाँकी छ ? एकपटक हारिसकेपछी आत्मसमिक्षा गर्ने हो कि फेरि लाजै पचाएर अर्को ठाउँबाट उठ्ने हो ? के देश सेवा गर्ने भए, देशको लागि आवस्यक नै भए पनि चुनाव जित्नै पर्ने के कारण छ ? गणेशमानले चुनाव जित्न पर्‍यो लौह पुरुष हुन ? माहात्म गान्धिले चुनाव जित्न पर्‍यो माहात्म गान्धी हुन ? यस्ता यस्ता फटाहा राजनितिज्ञ भए पछि देश कसरी उभो लाग्छ ?

( लेखक काठमाडौ ७ का बासिन्दा एव नेपाली कांग्रेस का नेता हुन् )

 

Leave a Reply

Your email address will not be published.