एमालेको मध्यपहाडी विशेष अभियान, ओलीले राष्ट्रिय झण्डा फहराएर झुलाघाटबाट सुरू गर्ने

137
ad

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट सुरु हुँदै छ ।

गत कात्तिक २२ गते बसेको पार्टीको सचिवालय बैठकको निर्णय अनुसार अहिले विहान ८ बजे बैतडीको झुलाघाटबाट अभियानको आरम्भ हुनेछ ।

अभियानको सुरूवात बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गर्नेछन् ।

अभियानका लागि एमालेका शीर्ष नेता, भ्रात‌ृ संगठनका प्रमुख तथा पदाधिकारी सबै झुलाघाट पुगिसकेका छन् ।

पहाडको विकासको समस्या पहिचान गरी समृद्धिलाई अघि बढाउने अभियानको मूख्य लक्ष्य भएको एमालेले जनाएको छ ।

त्यस्तै सामाजिक सद्भाव बढाउदै एकता कायम गर्ने र निराशाको खेती मौलाउने प्रवृतिलाई दूर गर्न अभियान केन्द्रित हुने बताइएको छ । सँगै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकताको आधार गर्ने विषयमा पनि अभियान केन्द्रित हुनेछ ।

ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता-कार्यकर्ता र स्थानीय जनतासँग छलफल गर्दै सुझाव लिँदै अघि बढ्ने एमालेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here